अाेलि सरकार लाई धैरै धेरै धन्यवाद। आधा घण्टामै काठमाडौंबाट नुवाकोटको विदुर पुगिने काठमाडौं । हाल काठमाडौंबाट नुवाकोट पुग्न दुई घण्टा समय लाग्ने भएपनि अब उक्त दुरी छोटिएर आधा घण्टामै पुगिनेभएको छ । काठमाडौंबाट नुवाकोटको विदुर जोड्नेगरी सुरुङमार्ग निर्माणभएपछि काठमाडौं र विदुरबीचको दुरी छोटिने भएको हो । भक्तपुरमा आयोजित जीव उद्यानको सिलन्यास समारोहमा प्रधानमन्त्री ओलीले विदुर नगरपालिका जाने छोटो दूरीको सुरुङ मार्ग निर्माण गर्न लागेको जानकारी दिए । प्रधानमन्त्री ओलीले उक्त परियोजनाले काठमााडैं र नुवाकोटको दुरी एक तिहाई भन्दा बढीले कम हुने पनि जानकारी दिए । प्रधानमन्त्री ओलीले भने –“काठमाडौँबाट विदुर नगरपालिका पुग्न दुई घन्टा लाग्छ , अब आधाघन्टामा सहजै पुग्न सकिने गरी सरकारले सुरुङ मार्ग बनाउँदै छ । लगानी धेरै भए पनि इन्धन र समय बचतका दृष्टिले यो लाभदायी र दीर्घकालीन हुन्छ ।” सुरुङ मार्ग निर्माणको यो पहिलो पाइला भएको बताउँदै प्रधानमन्त्री ओलीले अब यस्ता विकास र समृद्धिका हजारौँ पाइला अगाडि बढाउने पनि उल्लेख गरे ।
nepali news channel nuwakot newswe are so you international news in fresh please like share command my channel