Skip to main content

जन्मिएपछि एक दिन अवश्य मरिन्छ भन्ने शास्वत सत्य हो र सबैलाई थाहा छ

जन्मिएपछि एक दिन अवश्य मरिन्छ भन्ने शास्वत सत्य हो र सबैलाई थाहा छ । तर ठ्याक्कै कहिले मरिन्छ भन्ने कुरा चाहीँ सायद कसैलाई थाहा हुँदैन । यदि कसैले तपाइँको मृत्युको दिन तथा समय ठ्याक्कै बताइदियो भने के होला ? के आफ्नो मृत्युको दिन थाहा पाएपछि तपाइँको सोँचमा फरक आउला ? के तपाइँले जिवनलाई नयाँ नजरबाट हेर्न थाल्नुहुन्छ ? तपाइँले आज जुन तरिकाले जिन्दगी गुजारिरहनुभएको छ वा दिन कटाइरहनुभएको छ, त्यो जिवनशैलीलाई बदलेर वास्तविक जिन्दगी जिउने कोसिस गर्नुहुन्छ ?जब मानिसहरु मृत्युको छायाँमा जिउँछन् उनीहरुको सोँच तथा जिउने तरिकामा फरक आउँदछ ।
अमेरिकाकी इवा ह्यागबर्ग फिसरलाई नै लिउँ न । उनी पिएचडीकी छात्रा हुन् र लेखिका हुन् । उनी वास्तुशास्त्रका विषयमा पनि लेख्छिन् । हालै उनको दोश्रो किताब छापिएको छ । तर पछिल्ला ८ वर्षदेखि उनी अब कति दिन मात्र बाँचिने हो भन्ने त्रासको छायाँमा बाँचिरहेकी छिन् ।
सन् २००८ मा जब उनी न्यूयोर्कमा बस्थिन् उनलाई अनौठो अनुभूति हुनथाल्यो । उनलाई रिंगटा लाग्थ्यो र सधै तिर्खा लाग्दथ्यो । जनवरीमा एक दिन जब उनी रातमा उठेर किचनमा गइन् तब उनलाई भुइँ नै उठेर आफ्नो सामु आइरहेको जस्तो लाग्यो र उनी लडिन् । त्यसबेला उनको दिमागमा अनौठो आवाज गुञ्जिरहेको थियो ।
after_death_1उनी डाक्टरको जँचाउन गइन् । तब पत्ता लाग्यो की उनको मस्तिष्कमा ट्युमर पलाएको रहेछ । उनले यसको उपचार पनि गराइन्, तर कुनै फरक परेन । न्युयोर्कको भिडभाडमा बस्दा पो सन्चो नभएको हो की भनेर उनी पोर्टल्याण्ड सहरमा गएर बस्न थालिन् ।
पछिल्लो ८ वर्षसम्म उनी पोर्टल्याण्डदेखि बर्कले तथा फेरि सन फ्रान्सिस्कोसम्म बसाइ सरेर बस्ने कोसिस गरिरहेकी छिन् । तर जहाँ गएपनि उनको अवस्था झनै नाजुक बनिरह्यो । डाक्टरहरुले इवालाई अनेक प्रकारका परीक्षण गरे । कहिले तनावका कारण यस्तो भएको भने त कहिले ट्युमरका कारण ।
कसैले विद्यार्थीकालको चिन्ताका कारण त्यस्तो भएको भने भने कतिले उल्फ पार्किन्सन्स व्हाइट नामक रोगको सिकार बनेको दाबी गरे । उनी परीक्षण गराउँदा गराउँदा हैरान भएकी थिइन् । कहिले डाक्टरको धाउने त कहिले अस्पतालमा भर्ना भएर इवाले आफ्नो दुखपूर्ण जिवनमा राहत प्राप्त गर्ने कोसिस गरिन् । तर त्यसो हुन सकेन ।
डाक्टरहरुले उनमा मधुमेह, भिरिंगी, एड्स तथा कलेजकोको क्यान्सर जस्तो रोग हुँदै नभएको बताए । पछि उल्फ पार्किन्सन्स व्हाइट नामक रोग पनि उनमा नभएको बताइयो । तर जुन तनाव, जुन रिंगटा, तिर्खा र निदाएको बेला अचानक उठ्ने समस्या थियो, त्यो हटेन । एक पटक सनफ्रान्सिस्कोको गोल्डेन बि्रज हुँदै एमबुलेन्समा अस्पताल गइरहेको बेला उनलाई मृत्युले आफुलाई सँगै लगिरहेको जस्तो भान भयो ।
अन्ततः उनको मस्तिष्कको एम आर आइ गर्दा पत्ता लाग्यो की उनको मस्तिष्कको एक भागमा रक्तश्राव भएको रहेछ । उनले त्यसको पनि उपचार गराइन् ।
रोग तथा उपचारले थिलथिलो भएकी इवाले त्यहीँ बीचमा विवाह गरिन् र एरिजोनामा गएर बस्न थालिन् । तर त्यसले पनि उनलाई राहत दिएन र पुनः क्यालिफोर्नियामै फर्किइन् ।
क्यालिफोर्नियामा एकजना डाक्टरले इवालाई मास सेल एक्टिभेसन नामक रोग रहेको बताए । यो रोग हुँदा सरीरका केही कोशिकाहरुले बढि रसायन उत्सर्जन गर्दछन् ।
deathवर्षौँपछि अहिले इवा कुनै परीक्षण तथा उपचार बिना नै बसिरहेकी छिन् । उनलाई अहिले धेरै सन्चो भैसकेको छ । तर आजपनि उनलाई जिन्दगी र मृत्युबीचमा खासै फरक छैन भन्ने लाग्छ । त्यसैले जिन्दगीप्रतिको उनको नजर निकै बदलिएको छ । त्यसैले उनी वर्तमानमा मात्र जिउँछिन् । वर्षौँपछिको योजना बनाउँदिनन् र एकदुइ हप्ताको मात्र प्लानिंग गर्छिन् ।
वैज्ञानिकहरुका अनुसार मृत्युको सोँचाइले हाम्रो सोँचमा गहिरो असर पार्दछ । जब कसैलाई आफ्नो मृत्यु नजिक भएको महसुस हुन्छ तब ऊ जिन्दगीको महत्वलाई गहिराइमा गएर बुझ्दछ । त्यो मानिस हरपल जिउन थाल्दछ ।
यद्यपि कसैको मृत्युको भविष्यवाणी गर्न सकिँदैन । तर आजकल कतिपय यस्ता वेबसाइटहरु नभएका होइनन् जसले तपाइँको मृत्युको मिति तथा समय भविष्यवाणी गरिदिने दाबी गर्दछन् । कतिपय विमा कम्पनीहरुले समेत आफ्ना ग्राहकको सम्भावित आयुको अनुमान गर्दछन् । तर वैज्ञानिकहरुले भने यस्ता अनुमान तथा दाबीमा कुनै दम देख्दैनन् । तर यस्ता भविष्यवाणी तथा दाबीहरुका कारण मानिसहरुको सोँचमा परिवर्तन आउँछ र उनीहरु जिन्दगीको भरपूर मज्जा लिने कोसिस गर्दछन् ।
मृत्युको पूर्वानुमानसँगै मानिसको सोँचाइहरुमा ठूलो परिवर्तन आउँछ । मानिसहरु धेरै धार्मिक बन्न थाल्दछन् र बढि आक्रामक पनि हुन्छन् ।
यदि भविष्यमा विज्ञानले ठूलो चमत्कार गरी मानिसको मृत्युको भविष्यवाणी गर्नसक्ने भयो भने के हाम्रो सोँच बदलिनेछ त ?  
उसैपनि मृत्युलाई टाढै देख्दा मानिसहरुमा अर्कै सोँचाइ आउँदछ । किनकी आखिर एकदिन मर्नुनै छ भन्ने सबैलाई थाहा छ । तर जब मानिसलाई आफु आउँदो केही घण्टा, दिन तथा हप्तामै मर्नुछ भन्ने थाहा हुन्छ तब उसको सोँचाइ निकै फरक हुन्छ । इवाकै उदाहरण लिउँ न झण्डै दश वर्षसम्म उनी मृत्युको डरमा बाँचिरहिन् । कसैले पनि उनको खास रोग पत्ता लगाउन सकेन । उनलाई सधै आफु मर्दैछु भन्ने लाग्थ्यो । त्यसैले आजकल उनी खुलेर बाँच्छिन् । जब उनी खुसीले जोडसँग हास्दछिन् तब उनले आफ्नो विशेष पलमा कस्तो महसुस भएको थियो भन्ने कुरा सम्झना गर्दछिन् ।
धेरै मानिसले अरुलाई उपदेश दिँदा भन्ने गर्छन् की हरेक दिनलाई जिवनको अन्तिम दिनको रुपमा लिनुपर्छ । एप्पलका संस्थापक स्टिभ जब्सको उदाहरण दिने गरिन्छ यो मामिलामा । उनले हरेक दिन ऐनाअघि उभिएर आफैलाई सम्झाउने कोसिस गर्दथे की यदि आज जिवनको अन्तिम दिन हो भने यसलाई कसरी बिताउने ।
तर मृत्युको छायाँमा जिउनु सजिलो छैन । यसले हाम्रो सोँचमै परिवर्तन ल्याइदिन्छ । हामीहरु लामा योजना बनाउनुको साटो वर्तमानमा मात्र बाँच्न थाल्दछौँ । हरेक क्षणको मज्जा लिने कोसिस गर्दछौँ । अर्थात् मृत्युकै डरमा जिवनको
f

Comments

Popular posts from this blog

अचना पनेरू फाेटाे collection 2016

archana panaru phota collection 2016 nepal and nepali super girl

टेलिश्रृंखला भद्रगोलका सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) ले कोसेली स्वरुप आर्थिक सहयोग

धुर्मुस सुन्तलीलाई हाँस्य टेलिश्रृंखला भद्रगोलका सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) ले कोसेली स्वरुप आर्थिक सहयोग संकलन गरेर ल्याइदिएका छन् । बेलायतको विभिन्न ठाउँमा भएको बबाल धमाका कार्यक्रम गर्न गएका उनीहरुले कार्यक्रमस्थलबाट गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ३ लाख १८ हजार ८ सय ४४ रुपैँया संकलन गरेर कोसेली स्वरुप ल्याइदिएका हुन् । सपन इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा उपस्थित दर्शक सामु सहयोगका लागि अपिल गरेर उक्त सहयोग जुटाइएको उनीहरुले बताएका छन् । कार्यक्रम सकेर स्वदेश फर्कने बित्तिकै उनीहरुले उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् । अल्डरसटमा भएको कार्यक्रममा ६ सय ५० युरो, निरमाया दोहोरी साँझबाट ५४ युरो, फोल्क स्टोनबाट ५४ युरो, ह्यारोबाट १ सय ५ युरो, ह्यारो बोनटोकबाट कमला र खमिर जंग गुरुङ्गले ६ सय ५ युरो र पल्मस्टिडबाट १ सय ५० युरो गरी जम्मा २ हजार १८ युरो सहयोग संकलन भएको थियो । - See more at:

नयाँ नेपाली चलचित्र रामप्यरी रेखा थापा